बाबुरामको ठहरः ओली-विद्या कुकर्म ! संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने प्रपञ्च – Janadesh Daily | ePaper

बाबुरामको ठहरः ओली-विद्या कुकर्म ! संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने प्रपञ्च


जनादेश सोसल मिडिया वाच ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक र गैरराजनीतिक कदमले संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने चेतावनी दिएका छन् ।

मध्यरातमा प्रतिनिधिसभा भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेपछि नेता भट्टराईले ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

गत पुस पाँचदेखि सुरु भएको प्रतिगमनको श्रृंखला अन्तर्गत नै अहिलेको कदम आएको नेता भट्टराईको ठहर छ ।

भट्टराईले संसद विघटनको समाचार शेयर गर्दै ट्वीट गरेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेकी छन्। शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान १ :४९ बजे सूचना प्रकाशित गरेर कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति तय गरिएको जानकारी गराएकी छिन्।

यो पनि हेर्नुस्-

 संसद विघटनपछि फरक-फरक प्रतिक्रियाः नेपथ्यको शक्तिकेन्द्रको निर्देशनमा भएको आशंका

संसद भंग गरेपछि ओली-भण्डारीलाई कांग्रेस प्रवक्ताको चेतावनीः महंगो पर्नेछ, याद रहोस्

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्