संसद विघटनपछि प्रचण्ड सचिवालयको प्रतिक्रियाः ओली गोटी बने, प्रतिवाद गरौं – Janadesh Daily | ePaper

संसद विघटनपछि प्रचण्ड सचिवालयको प्रतिक्रियाः ओली गोटी बने, प्रतिवाद गरौं


जनादेश सोसल मिडियावाच ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेको आरोप लगाएको छ।

१ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नयाँ सरकार बनाउने स्पष्ट बिकल्प हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरेर ओलीले जनमतको अपमान गरेको प्रचण्डको सचिवालयको भनाइ छ।

‘संविधानको धज्जि उडाउँदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी ओली संविधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन्, सचिवालयको नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, नेपाली जनता धेरै सचेत भइसकेका छन् हिसाब राम्रै सँग राख्नेछन् ! संपूर्ण गणतन्त्र पक्षधरहरुले आ–आफनो ठाउँबाट प्रतिवाद गरौं!!’

यस अघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको गैरसंवैधानिक र गैरराजनीतिक कदमले संघीयता, गणतन्त्र र संविधान समाप्त पार्ने चेतावनी दिएका थिए ।

गत पुस पाँचदेखि सुरु भएको प्रतिगमनको श्रृंखला अन्तर्गत नै अहिलेको कदम आएको नेता भट्टराईको ठहर छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्