जनादेश सोसल मिडिया ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरालाई मध्यरातमा निवासमा बोलाएर भेटेको समाचारपछि जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
नेपाल समय नामक अनलाइन पोर्टलले विपक्षी गठबन्धनका बहुमत सांसदले प्रतिनिधीसभा विघटनका विरुद्ध र नयाँ प्रधानमन्त्री नियुक्तीको माग गर्दै सर्वाोच्च अदालतमा रिट निवेदन दिएकै दिन मध्यरातमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको ससचारमा लेखेको थियो । प्रधानमन्त्री निवास बालुवाटार पुगेर राणाले प्रधानमन्त्री भेटेको समाचार नेपाल समयले लेखेको छ ।
उक्त समाचारपछि डाक्टर भट्टराईले शुभ संकेत नभएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्,’प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!’
प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!
— Baburam Bhattarai (@brb1954) May 25, 2021
नेपाल समयले प्रधानन्यायाधीशले बालुवाटार भित्र छिरेर झण्डै एक घण्टा छलफल गरेको र फर्कँदा सम्मानीयज्यू खुशी देखिएको समाचार श्रोतलाई उल्लेख गर्दै प्रकाशित गरेको छ ।
प्रधानमन्त्री ओलीले आफैँ सवारी पठाएर प्रधानन्याधीश राणालाई छलफलका लागि बालुवाटार बोलाएको समेत समाचारमा जनाइएको छ ।
विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा विघटनको निर्णय बदरको माग गर्दै रिट निवेदन दर्ता गराएकै दिन प्रधाननमन्त्रीले प्रधानन्यायाधीश राणासँग भेट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको नेपाल समयको समाचारमा उल्लेख छ । नेपाल समयले प्रधानन्याधीश स्रोतहरुलाई उल्लेख गर्दै प्रधामन्त्री ओलीले भेटमा आफूलाई बदलिँदो अवस्थामा सहयोग गर्न राणासँग आग्रह गरेको समेत दाबी गरेको छ ।