जनादेश सोसलमिडिया वाच ।
नेकपा एमाले विभाजनको अन्तिम प्रहसन चलिरहेको समयमा नेता कार्यकर्ताबीच जुहारी जारी छ । सोमबारमात्र एमालेबाट कारबाहीमा परेकी नेत्री रामकुमारी झाँक्रीले यसखालको निर्णयले आफूलाई केही फरक नपर्ने आशयको स्ट्याटस लेखेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा झाँक्रीले लेखेकी छिन् छिन्, ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर…’
देउरालीको चौतारीमा हावा सरर
बगाएर लाने भो माया तिमीलाई बालै फरर…— Ram kumari Jhakri (@Jhakri_didi) May 24, 2021
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उनीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।
कारबाही र विद्रोह जारी रहँदै गर्दा एमाले सग्लो रहँदैन भन्ने अनुमानले बल पाएकव थियो । बरिष्ठ नेता माधव नेपालले एमालेकै नाममा देशभर छुट्टै संरचना बनाएका छन् भने आफूनिकट युवा नेतालाई नयाँ दल दर्ता गर्नसमेत लगाएका छन्।