इन्डोनेसियाका राष्ट्रपतिको कोरोना परीक्षणको नतिजा सार्वजनिक – Janadesh Daily | ePaper

इन्डोनेसियाका राष्ट्रपतिको कोरोना परीक्षणको नतिजा सार्वजनिक


इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोको कोरोना परीक्षण गरिएको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको आशंकामा उहाँको कोरोना परीक्षण गरिएको अधिकारीले जानकारी दिएका छन् । परीक्षणपछिको नतिजा अनुसार उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छैन ।

“नतिजा राम्रो आयो, भगवानलाई धन्यवाद छ, राष्ट्रपति स्वस्थ हुनुहुन्छ,” राष्ट्रपतिको सचिवालयका प्रमुख बुडी हार्टोनोले सञ्चारमाध्यमसँग भन्नुभयो ।

कोरोना परीक्षणका लागि राष्ट्रपति विडोडाको स्वाव शुक्रबार दिउसो संकलन गरिएको पनि हार्टोनोले शनिबार जानकारी दिनुभयो ।

उहाँलाई भेट्न गएका अर्का एक नेतालाई कोरोनाभाइरसको सङ्क्रमण देखिएकाले राष्ट्रपतिलाई पनि सरेको हुनसक्ने आशंकाले उहाँको परीपक्षण गरिएको हो ।

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिनेगरी उच्च सतर्कता अपनाइएकाले उहाँलाई नसरेको अधिकारीले बताएका छन् । रासस/एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्