सरकार र राष्ट्रपति भण्डारीलाई लक्षित गरी बाबुराम भट्टराईको प्रश्नः खै लाजशरम! – Janadesh Daily | ePaper

सरकार र राष्ट्रपति भण्डारीलाई लक्षित गरी बाबुराम भट्टराईको प्रश्नः खै लाजशरम!


जनादेश सोसल मिडिया वाच ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी समकक्षीसँग खोप सहयोग मागेकोप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाज पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आपत्ति जनाएका छन्।

कोरोनाविरुद्ध खोप छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्तव भएको उल्लेख गर्दै डा. भट्टराईले सरकार खुराफातमा मस्त भएको आरोप लगाएका छन्। तर आलंकारिक (सेरोमोनियल) राष्ट्रपतिलाई चाहिँ खोप भीम माग्न लगाएर लाजमर्दो काम सरकारले गरेको उनको टिप्पणी छ।

‘कोरोनाविरूद्धको खोप सबैलाई छिटो उपलब्ध गराउनु राज्यको प्रमुख दायित्त्व हो। हामीजस्तै ठूला देशको चेपमा परेको मंगोलियाले कुशलतापूर्वक रुस र चीन दुवैबाट लिएर सबैलाई पुर्याइसक्दा हामी किन कुइराको काग जस्तो,’ डा. भट्टराई सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार खुराफातमा मस्त हुने सेरेमोनियल रा प (राष्ट्रपति) लाई चाहिँ भीख माग्न लगाउने? खै लाजशरम!’

नेपालमा राष्ट्रपति पद सेरिमोनियल मात्र हो । कूटनीति सञ्जालमा पनि राष्ट्रपतिको भूमिका शुभकामना सन्देश आदान प्रदान वा उच्चस्तरीय भेटवार्तामा शिष्टाचार भेटको तहमा सीमित हुनु पर्ने हो । तर कोरोना संकट बढिरहेको र खोप आवश्यक परेको बेलामा सरकारका सबै कार्यकारी कूटनीतिक च्यानल सक्रिय हुनुको साटो राष्ट्रपति कार्यालय सक्रिय भैरहेको छ ।

परिणाम सकारात्मक भएपनि कूटनीतिको प्रक्रिया र स्थापित गर्न खोजिएको प्रवृत्तिले भने शंशय जन्माएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्