जनादेश सोसल मिडिया वाच ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरुका विषयमा गरेको टिप्पणीलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीले कालो कोट लगाउनेहरुमाथि औंला उठाएका थिए । प्रवक्ता शर्माले भने समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार युवा संघको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन अवस्था तथा कुन हैसियतमा पुर्याउँदैछन् भन्ने टिप्पणी गरेका थिए। प्रवक्ता शर्माले समस्या कालो कोटमाभन्दा पनि कालो सोचमा रहेको उल्लेख गर्दै ट्वीटमार्फत जवाफ दिएका हुन् ।
‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू,’ उनले भनेका छन्, ‘व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैव निन्दनीय हुन्छ।’
`कालो कोट´ मा होइन `कालो सोच´ मा समस्या छ @PM_Nepal ….!
ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको `भावनात्मक उत्तेजना´ सदैब निन्दनीय हुन्छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 31, 2021
उनले प्रधानमन्त्री ओलीलाई आरुको बोलीबारे खुबै टिप्पणी गर्ने तर आफ्नो बोलीमा लगाम लगाउन नसक्ने भन्दै कटाक्षसमेत गरेका छन्।
अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ?
विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ?
सम्माननिय @Pm_Nepal ब्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ,देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब !!!! pic.twitter.com/X0WJrbNK0s
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 1, 2021
‘अरू बोले अराजक अभिव्यक्ति, आफू बोले अभिव्यक्ति स्वतन्त्रता? विवेक बोल्ने पूर्वप्रधानन्यायाधीशहरू आउटडेटेड अनि आफ्नो आइटडेटेड राजनीतिक दर्शन चैँ दिब्यज्ञान? प्रधानमन्त्रीज्यू, व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ। देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रौकौं, अब।’