महतोको वक्तव्यपछि बालुवाटार पुलकित, सूर्य थापाले लेखेः वक्तव्यवाजी गर्नेहरूको बुमेराङ – Janadesh Daily | ePaper

महतोको वक्तव्यपछि बालुवाटार पुलकित, सूर्य थापाले लेखेः वक्तव्यवाजी गर्नेहरूको बुमेराङ


जनादेश सोसल मिडिया वाच ।

उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले राष्ट्रिय एकता र अखण्डाप्रति आफू पूर्णरुपमा प्रतिवद्ध रहेको बताएपछि बालुवाटार मख्ख देखिएको छ ।

महतोको वक्तव्यपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उनको विरोध गर्नेहरुप्रति व्यङ्ग्य गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा सल्लाहकार थापाले गठबन्धन सरकारका मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका र त्यसको पछिल्लो पात्र महतो बनेको उल्लेख गरेका छन् ।

‘प्राय: नै गठबन्धन सरकारमा मन्त्रीहरूका अभिव्यक्ति विवादास्पद हुने गरेका पाइन्छन्। उपप्रधानमन्त्री राजेन्द्र महतो त्यसका पछिल्लो पात्र बने,’ थापाले ट्‍वीटरमा लेखेका छन् । उनले महतोले दुई दिनमै गल्ती सच्याएको भन्दै महतोले जारी गरेको विज्ञप्ति पनि आफ्‍नो ट्‍वीटमा पोष्ट गरेका छन् ।

मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । तर शनिबार राति एक वक्तव्य जारी गर्दै आफ्नो भनाई बंग्याएर अतिरञ्जित गरिएको दाबी गर्दै राष्ट्रिय एकता र अखण्डतामा आफ्नो प्रतिवद्धता रहेको उल्लेख गरेका हुन् ।

थापाले विपक्षी गठबन्धनको वक्तव्यलाई व्यङ्य गर्दै लेखेका छन्, ‘महतोको समर्थन नपाई सत्तास्वार्थ पूरा गर्न नसकेर वक्तव्यवाजी गर्नेहरूको बुमेराङ साँच्चै हेर्नलायक छ !’

मन्त्रीमा नियुक्त भएलगत्तै महतोले आफू बहुल राष्ट्रिय राज्यको पक्षमा रहेको अभिव्यक्ति दिएका थिए । त्यसपछि उनको चौतर्फी तीव्र आलोचना हुँदै आएको छ । एमालेको नेता माधव नेपाल खेमाले महतो अभिव्यक्ति प्रति आपत्ति जनाएको थियो ।

यो पनि हेर्नुस्- शंकर पोखरेलः पद मुख्यमन्त्री तर मुख्य काम सामाजिक सञ्जालमा ओली र ओली गुटको बचाउ !

चौतर्फी विरोध र एमालेकै १५ नेताले जवाफ मागेपछि मध्यरातमा महतोको प्रष्टिकरण विज्ञप्ति

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्