जनादेश, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले सत्ता जोगाउन चुरे ध्वस्त गरेर मधेश नै गुमाउने खेलमा लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा वरिष्ठ नेता पौडेलले सत्ता जोगाउनकै लागि प्रधानमन्त्री ओलीले चुरे विनाश गर्दै ढुङगा गिट्टी वालुबा भारत निकास गर्न लागेको आरोप लगाएका हुन् ।
सरकारले साल्ट टेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार बनाउन लागिपरेको समेत आरोप लगाएका छन् । त्यस्तै पौडेलले जसपाका नेता राजेन्द्र महत्तो सहित सरकारमा सहभागी भएका मन्त्रीप्रति लक्षित गर्दै बहुल राष्ट्र मुक्तिसंग्राम गर्न सत्ताको साँचो सुम्पेर राष्ट्र विखण्डनको मतियार बन्न पुगेको उल्लेख गरेका छन् । आफू सत्ता होइन ब्यवस्थालाइ महत्व दिउँ भन्दै त्यसको लागि लडिरहेको पौडेलको भनाइ छ । तर प्रधानमन्त्री ओली राष्ट्रवादको लगौटी भिरेर विखण्डनको पगरी बनिसकेछन भन्दै कडा आलोचना गरेका छन् । पछिल्लो समय पौडेल सरकार र प्रधानमन्त्री ओलीप्रति आक्रामक रुपमा प्रस्तुत हुदै आएका छन् ।