उत्तर कोरियाको केसोङ सहर सिल – Janadesh Daily | ePaper

उत्तर कोरियाको केसोङ सहर सिल


एजेन्सी ।

उत्तर कोरियाको केसोङ सहरमा कोरोना संक्रमणबाट एक जना मानिसको मृत्यु भएपछि पूरै शहर सिल गरिएको छ ।

उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरियाको सिमाना नजिकको केसोङ सहर सिल गर्ने आदेश दिएका छन् । मृतकमा कोरोना भाइरसका लक्षणहरू देखापरेको थियो । ‘डरलाग्दो भाइरस’ प्रवेश गरेको हुनसक्ने बताउदै सो सहर पूरै सिल गरिएको छ । कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार ती मानिस सीमाबाट भागेर उत्तर कोरिया प्रवेश गरेको हुनसक्ने बताइएको छ ।

हाल केसोङ सहरमा २ लाख मानिसको बसोबास रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्