जनादेश तनहुँ ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको दमौली–डुम्रे सडक खण्डमा शनिबार राति १२ बजेदेखि एकतर्फी सवारी साधान सञ्चालनमा आएको छ । शनिबार बिहान ६ बजेदेखि राति १२ बजेसम्म अहोरात्र खटेर वैकल्पिक मार्ग निर्माण गरेपछि एकतर्फी सवारी साधान सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको बन्दीपुर–१ नाहालास्थित पृथ्वी राजमार्गमा पहिरो गएर अवरुद्ध भएपछि वैकल्पिक मार्ग खोलेर मर्मत गरेपश्चात राजमार्ग सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो । सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनीयरसहितको टोलीले शनिबार बिहानदेखि निरन्तर निर्माण कार्यमा लागेका कारण एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याउन सकिएको उहाँले बताउनुभयो ।