गण्डकीको तिकडमप्रति बाबुरामको आक्रोश, लेखेः पोखरामा पनि ओली भाइरस देखियो – Janadesh Daily | ePaper

गण्डकीको तिकडमप्रति बाबुरामको आक्रोश, लेखेः पोखरामा पनि ओली भाइरस देखियो


जनादेश, काठमाडौँ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले गण्डकी प्रदेशमा केपी ओली गुटको एमालेले देखाएको तिकडमप्रति आक्रोश व्यक्त गरेका छन् ।

‌ओली गुटका पृथ्वी सुब्बा गुरुङले पुनस् मुख्यमन्त्रीको दाबी गरेपछि ‘ओली भाइरस’ पोखरामा पनि सल्केकोु टिप्पणी गरेका हुन्।

बाबुरामले सामाजिक सञ्जाल ट्विटरमा ओली भाइरसरुपी महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो भन्दै उनले त्यसको प्रतिवादमा एकजुट हुन अपिल गरेका छन्।

‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो। अब कोही पनि ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं। ओली भाइरसलाई सदाको निम्ति अन्त्य गरौं१ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!,’ भट्टराईले लेखेका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्री दाबीमा समर्थन गरेका गण्डकी प्रदेशका बहुमत प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले आपत्ति जनाएका छन् ।

गुरुङले जनता समाजवादी पार्टी ९जसपा०को प्रदेश कमिटी र र पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्