पश्चिम अफगानिस्तानमा सैनिक कारवाही, आठ लडाकू मारिए – Janadesh Daily | ePaper

पश्चिम अफगानिस्तानमा सैनिक कारवाही, आठ लडाकू मारिए


फिरोजकोह । 

अफगानिस्तानको घोर प्रान्तको शाहराक जिल्लामा सरकारी सेनासँग भएको भिडन्तमा एक जना मुख्य तालिबान कमान्डर सहित आठ जना तालिबान लडाकू मारिएको सेनाले जनाएको छ ।

अफगान सेनाद्वारा जारी वक्तव्यमा आइतबार भएको उक्त भिडन्तमा तालिबान कमान्डर मुल्लाह खक्सारको मृत्यु भएको उल्लेख छ ।

तालिबान कमान्डर मुल्लाह खक्सारको नेतृत्वमा आएको तालिबान समूहको एक टोलीले खारिस्तान क्षेत्रको एउटा सुरक्षा जाँच चौकीमा आक्रमण गरेपछि भिडन्त भएको थियो । सरकारी सेनाको जवाफी कारबाहीमा कमान्डर खक्सार सहित आठ जनाको घटनास्थलमै मृत्यु भएको र अरु लडाकू त्यहाँबाट भागेको सेनाले जनाएको छ ।

घोर प्रान्तका तालिबानमाथि कमान्डर खक्सारको मृत्युले ठूलो क्षति पुगेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फिरोज कोह राजधानी रहेको घोर प्रान्तमा तालिबानको प्रभावशाली उपस्थिति रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्