युरोकपः बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता, डेनमार्क पनि अन्तिम १६ मा – Janadesh Daily | ePaper

युरोकपः बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता, डेनमार्क पनि अन्तिम १६ मा


जनादेश स्पोर्ट्स् ।

समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे ।

जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ ।

गएराति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र मेम्फिस डिपेले एक गोल थपे । नेदरल्याण्ड्सले समूह चरणका सबै खेल जित्दै नौ अङ्क जोडेको छ ।

त्यसैगरी डेनमार्क युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । हिजो राति रुसलाई ४–१ गोलले हराउँदै रुस नकआउट चरणमा पुगेको हो । डेनमार्कको लागि मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक/एक गोल गरे ।

रुसका आर्टम ज्युबाले पेनाल्टीमा एक गोल फर्काए । तीन अङ्क जोडेको डेनमार्क अघिल्लो चरणमा पुग्दा समूह ‘बी’ बाट रुस बाहिरिएको छ । तेस्रो स्थानको फिनल्यान्डको उत्कृष्ट तीनमा पर्दै अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्