कोपा अमेरिकाः दोस्रो जित अर्जेन्टिनाको क्वार्टर फाइनल पक्का – Janadesh Daily | ePaper

कोपा अमेरिकाः दोस्रो जित अर्जेन्टिनाको क्वार्टर फाइनल पक्का


जनादेश स्पोर्ट्स ।

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना विजयी भएको छ ।

ब्राजिलमा जारी प्रतियोगितामा समूह ए अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औँ मिनेटमा एलेहान्ड्रो डारिओ गोमेजले गरेको गोल नै निर्णायक बन्यो । अर्जेन्टिनाले यो जितसँगै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

बलमा नियन्त्रण, पास तथा पोस्ट प्रहारमा बलियो रहेर पनि पाराग्वेले गोल भने गर्न सकेन । अहिलेसम्म खेलेका तीन मध्ये दुई खेलमा जित दर्ता गरेको अर्जेन्टिना सात अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसअघि मंगलबार बिहानै भएको अर्को खेलमा चिले र उरुग्वेले १–१ को बराबरी खेलेका छन् । चिलेका लागि २६ औँ मिनेटमा एडुआर्डो भार्गासले गोल गरेका थिए ।

यस्तै ६६ औँ मिनेटमा लुइस स्वारेजले गोल गरि उरुग्वेलाई बराबरीको नतिजा दिलाएका हुन् । चिले पाँच अंकसहित दोस्रो तथा उरुग्वे एक अंकसहित चौथो स्थानमा छ । तेस्रो स्थानको पाराग्वेको तीन अंक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्