सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने    – Janadesh Daily | ePaper

 सोमबार १० करोडको टे«जरी बिल बिक्री गरिने   


    जनादेश संवाददाता,

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार रु १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत सोमबार टे«जरी बिल बिक्री हुन लागेको जनाएको हो । टे«जरी बिल बोलकबोलको प्रक्रियाबाट बिक्री गरिनेछ ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको सो टे«जरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही साउन ५ गते पनि रु पाँच अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।    रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्