‘दुई सन्तान नीति’ लागू गर्ने उत्तर प्रदेश सरकारको तयारी, २ सन्तान हुनेले सरकारी जागिर नपाउने – Janadesh Daily | ePaper

‘दुई सन्तान नीति’ लागू गर्ने उत्तर प्रदेश सरकारको तयारी, २ सन्तान हुनेले सरकारी जागिर नपाउने


जनादेश, काठमाडौँ । भारतको उत्तर प्रदेश सरकारले दुइ भन्दा बढी सन्तान हुनेलाई सरकारी जागिरमा आवेदन दिन रोक लगाउने तयारी गरेको छ ।

जनसंख्या नियन्त्रण गर्ने उद्धेश्य सहित राज्य सरकारले यस्तो योजना अघि सारेको हो । राज्य विधि आयोगले जनसंख्या नियन्त्रण गर्न सन्तानको नीति सम्बन्धी मस्यौदामा काम गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यस्तै दुइ भन्दा बढी सन्तान हुने व्यक्तिलाई विभिन्न सरकारी योजना र अनुदानबाट बन्चित गराउने मस्यौदामा उल्लेख छ ।

एक सन्तान हुने परिवारलाई उपचार, शिक्षा, विमा र सरकारी जागिरमा प्राथमिकता दिन सिफारिश गरिएको छ । प्रस्तावमा दुइ सन्तानको नीति पालना गर्ने दम्पतीलाई सरकारी सुविधा दिने र सवै कल्याणकारी योजनाबाट लाभ लिन सक्ने उल्लेख छ ।

यस्तै सन्तान नीतिको उल्लंघन गर्ने दम्पत्तीको राशन कार्ड ४ युनिट सम्म सिमित हुने र सरकारी जागिरको लागि आवेदन दिन पाउने छैन् । सरकारी कर्मचारी भएर पनि दुइ भन्दा बढी सन्तान जन्माउनेलाई पदोन्नति रोक्ने प्रस्तावमा रहेको छ । दुइ सन्तान सम्बन्धी मस्यौदा अगष्टको दोश्रो साता विधानसभामा पेश गर्ने तयारी भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्