एमालेमा सहमति कि असहमतिः मध्यरातमा सूर्य थापाको स्ट्याटस एकाविहानै माधव नेपालको आपत्ति – Janadesh Daily | ePaper

एमालेमा सहमति कि असहमतिः मध्यरातमा सूर्य थापाको स्ट्याटस एकाविहानै माधव नेपालको आपत्ति


जनादेश सोसल मिडिया वाच ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति कार्यदलबीच भएको सहमतिबारे मध्यरातमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको व्याख्याप्रति आपत्ति जनाएका छन्।

आइतबार राति एमाले कार्यदलले १० बुँदे सहमति जुटाएपछि हर्षित हुँदै प्रेस सल्लाहकार थापाले अब अदाललते प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवलाई प्रधानमन्त्री नियुक्तिको आदेश नदिने दाबी गर्दै फेसबुकमा स्टाटस लेखेका छन्।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब प्रतिनिधि सभा पुनःस्थापना तथा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सम्भावना अन्त्य भएको दाबी गरेका छन्।

एमालेभित्र भएको सहमतिसँगै अब अदालतले प्रतिनिधि सभा पुनः स्थापना र देउवलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश जारी नगर्ने दाबी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेका हुन्।

यो कार्यदलभित्र भएको सहमतिको मर्मविपरीत भएको भन्दै नेता नेपालले खण्डन गरेका हुन्।

सोमबार बिहान वक्तव्य जारी गर्दै माधव नेपालले भनेका छन्, ‘हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत छ। यो व्याख्या गलत र अस्वीकार्य छ। अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा एमालेका २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु।’

प्रतिनिधि सभा विघटन र राष्ट्रपतिले देउवलाई प्रधानमन्त्रीमा नियुक्ति नदिएको विरुद्ध परेको मुद्दाको फैसला सर्वाेच्च अदाललते आज सुनाउने सम्भावना छ।

यो पनि हेर्नुस्- 

मध्यरातमा गरिएको एमालेको बहुचर्चित सहमति धरापमाः सहमति च्यातिदिने नेता नेपालको चेतावनी

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्