बालुवाटारबाट बाल्कोट पुगे लगत्तै बार्दलीबाट ओलीले गरे एमालेबाट माधव नेपालको विदाई – Janadesh Daily | ePaper

बालुवाटारबाट बाल्कोट पुगे लगत्तै बार्दलीबाट ओलीले गरे एमालेबाट माधव नेपालको विदाई


जनादेश, काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्दै निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने उनको भनाइ छ । उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

उनले नेपाललाई लाजसरम हराएका व्यक्तिको संज्ञा समेत दिएका छन्। उन नेपाललाई विश्वासघाती भनेर चित्रण गरेका छन्। उनले भने, ‘माधव नेपाल जस्ता लाज सरम हराएका मान्छेहरु, विश्वासघाती तत्वहरुलाई स्वीकार्न सकिँदैन।’

आफ्नो विकासप्रेमी सरकार ढाल्ने कार्यको अगुवाइ नेपालले गरेको ओलीको आरोप छ। मंगलबार शपथ ग्रहणमा पनि नेपाल देउवा भन्दा अगाडि पुगेको उनको भनाइ छ।

ओली कार्यकर्ताको मोटरसाइकल र गाडीको ताँतीसहित बालुवाटारबाट बाहिरिएका थिए। ओली समर्थित भिडले उनको प्रशंसामा नारावाजी गरेका थिए । ‘केपी ओली जिन्दावाद’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ लगायतका नारा उनीहरुले लगाएका थिए ।

ओली समर्थकले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालप्रति उति नै तीव्र आक्रोश व्यक्त गरेका थिए । ओलीको बालकोट निवासमा पुग्नै लाग्दा कार्यकर्ताले ‘माकुने मुर्दावाद’, ‘माकुने गद्दार मुर्दावाद’, ‘माकुनेलाई फाँसे दे’ लगायका नारा लगाएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्