जनादेश, काठमाडौँ ।
आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा भएको आन्तरिक छलफलमा मंगलबार बोलाइएको स्थायी कमिटीको बैठक स्थगीत नहुने निष्कर्ष निकालिएको छ ।
नेकपा भित्र विवादले उग्र रुप लिइरहेको बेला खुमलटारमा बसको बैठकमा भोली बस्ने भनिएको स्थायी कमिटीको बैठकको बारेमा छलफल भएको जनाइएको छ । यस अघि बस्ने भनिएको बैठक पटक-पटक स्थगित हुँदै आएको छ । छलफलका लागि पटक पटक बैठक स्थगित गरे पनि सहमति हुन नसकेपछि बहुमतको आधारमा स्थायी कमिटीबाटै निर्णय गरेर अघि बढ्ने तयारी भएको स्रोतले जनाएको छ ।
आज बिहान भएको छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अन्य स्थायी कमिटी सदस्यको सहभागिता रहेको थियो । प्रचण्डलगाएत अन्य नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको दुवै पदबाट राजिनामा माग गरिरहेका छन् । तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने अडानमा छन् ।