उपत्यकामा थप १० दिन लम्बियो निषेधाज्ञा, लामो दूरीका सार्वजनिक यातायात चल्ने – Janadesh Daily | ePaper

उपत्यकामा थप १० दिन लम्बियो निषेधाज्ञा, लामो दूरीका सार्वजनिक यातायात चल्ने


जनादेश, काठमाडौँ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले निषेधाज्ञा थप १० दिनका लागि लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका अनुसार यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुका साथै गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्