काठमाडौंमा बदलिएको निषेधाज्ञाः यी हुन् आजदेखि गर्न पाइने र नपाइने गतिविधि – Janadesh Daily | ePaper

काठमाडौंमा बदलिएको निषेधाज्ञाः यी हुन् आजदेखि गर्न पाइने र नपाइने गतिविधि


जनादेश अपडेट ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि आजदेखि थप १० दिन लम्ब्याइएको छ। काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।

प्रमुख जिल्ला अधिकारीहरूबाट जारी आदेशनुसार साउन १० गतेसम्मलाई निषेधाज्ञा जारी राखिएको हो।

बिहीबार तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले अरू १० दिन निषेधाज्ञा थप्ने र अहिल्यै लामो दूरीका गाडी सञ्चालन नखुलाउने निर्णय गरेको हो।

उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ ।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ ।

तल पढ्नुहोस्, निषेधाज्ञामा गर्न पाइने र नपाइने गतिविधि–

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्