अबको तीनदिन भारी वर्षा, काठमाडौंसहित यी प्रदेशमा जोखिम रहेको भन्दै सतर्क रहन आग्रह – Janadesh Daily | ePaper

अबको तीनदिन भारी वर्षा, काठमाडौंसहित यी प्रदेशमा जोखिम रहेको भन्दै सतर्क रहन आग्रह


जनादेश वेदर अपडेट ।

मनसुन सक्रिय हुँदा आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । काठमाडौं उपत्यकामा पनि आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी र धेरै भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने जनाएको विभागले यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन आग्रह गरेको छ ।

बिहीबारसम्म मनसुन सक्रिय रहने र त्यसपछि केहीदिन तुलनात्मक रुपमा केही कमजोर हुने मौसमविद् मानन्धर बताउँछिन् । “अबको तीनदिन मनसुन सक्रिय रहन्छ । त्यसपछिको केही दिन भने मनसुन कमजोर हुँदा वर्षा पनि कम हुने देखिन्छ,” उनी भन्छिन्, “न्यून चापीय रेखा तराईको भू–भाग नजिक रहेकाले प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा पनि यो तीन दिन मध्यम र भारी वर्षा हुने छ । त्यसैले सतर्क हुनुपर्ने छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्