अकलादेवी मन्दिरको मूर्ति चोरी – Janadesh Daily | ePaper

अकलादेवी मन्दिरको मूर्ति चोरी


दमौली ।

म्याग्दे गाउँपालिका–६ स्थित अकलादेवी मन्दिरको मूर्ति सोमबार राति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले कुकुरसहितको टोलीले आज बिहानदेखि अनुसन्धान थालिसकेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरमा भक्तजनले चढाएका तीन÷चारवटा मूर्ति चोरी भएको छ । मन्दिरको मुख्य मूर्ति भने सुरक्षित रहेको उहाँले बताउनुभयो । “मन्दिरमा पनि तोडफोड भएको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानबाट सबै कुरा पत्ता लगाउने काम थालेका छौँ ।”पृथ्वीराजमार्गसँगै जोडिएको उक्त मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । यहाँ पूजाआजा गर्नका लागि छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गर्दछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्