जनादेश संवाददाता,
काठमाडौँ । पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ ।
ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गर्नुभयो । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक पत्रकारिता सिक्न चाहने र उद्घोषण तथा भाषणकला सिक्न चाहने जो कोहीले उपयोगी रहेको पत्रकार वाग्लेले बताएकाछन् ।
बीस वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेका लागि सरल भाषामा सिकाइ गर्न सकिने गरी पुस्तक लेखिएको बताएकाछन् ।
रासस