शोक, रोग र भोकमा काँग्रेस सधैँ तत्पर छ : नेता गिरी – Janadesh Daily | ePaper

शोक, रोग र भोकमा काँग्रेस सधैँ तत्पर छ : नेता गिरी


जनादेश संवाददाता,

Did Irrigation Minister Dipak Giri misappropriate Rs 30 million ...

दाड.। नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले शोक, रोक र भोकमा नेपाली कांग्रेस सधैँ तत्पर रहने बताएका छन् । घोराही उपमहानगरपालिका सौंडियारका स्वर्गीय यमबहादुर चौधरीको घरमा आयोजित शोकसभामा कांग्रेस केन्द्रीय सदस्य गिरीले यस्तो बताएका हुन् ।

क्यान्सर रोगबाट पीडित चौधरीको अल्पायुमै निधन भएकोमा शोक व्यक्त गर्दै केन्द्रीय सदस्य गिरीले मृतकका परिवारलाई रोजगारीको वातावरण सिर्जना गरिदिने समेत नेपाली कांग्रेसले जिम्मा लिने अभिव्यक्ति दिए ।

मृतक चौधरीका एक मात्र छोरा एसईई पास गरेर पनि थप अध्ययनको बाटो नपाएको अवस्थामा अब नेपाली काँग्रेसले उनको पढाईको जिम्मा लिनुपर्ने गिरीको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्