जनादेश सोसल मिडिया वाच ।
चर्चित लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कमल थापाको राजावादी पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन्।
मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षता सम्बन्धमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गरेकोप्रति कटाक्ष गर्दै संग्रौलाले मिश्रलाई यस्तो सुझाव दिएका हुन्।
संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरूक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे भइगो नि!’
न साझा न विवेकशीलका सम्भ्रान्त श्री रवीन्द्र मिश्रलाई संघीयताकाे खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ।कुराकाे चुराे यही हाे भने यी नवमण्डलेले खुरूक्क कमल थापाकाे राजावादी राप्रपामा प्रवेश गरे भइगाे नि!
— Khagendra Sangroula (@belakoboli) July 26, 2021
लेखक संग्रौलाले कमल थापा र रविन्द्र मिश्रको तस्विर सार्वजनिक गर्दै ट्वीटरमा ‘हरिण हरिणसँग,हुँडार हुँडारसँग!’ हरिण भन्ने टिप्पणी पनि गरेका छन् ।
हरिण हरिणसँग,हुँडार हुँडारसँग!! pic.twitter.com/8WMtQE39IN
— Khagendra Sangroula (@belakoboli) July 27, 2021
विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव अघि सारेपछि सो पार्टीमा हलचल उत्पन्न भएको छ । सोही पार्टीका अर्का संयोजक मिलन पाण्डेले उनको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै विवेकशील साझा गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी भएको स्पष्ट पारिसकेका छन् ।
यो पनि हेर्नुस्-
राजावादी रविन्द्र मिश्रको विरालो ‘म्याउँ’, निष्कर्ष छः संघीयता खारेजभागी, राजाको पक्षमा जनमत