अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने – Janadesh Daily | ePaper

अर्को महिना बेइजिङगमा फुटबल प्रतियोगिता हुने


बेइजिङ ।

कोरोनाभाइरसबाट सबैभन्दा पहिले प्रभावित भएको चीनको राजधानी बेइजिङमा अर्को महिना फुटबल प्रतियोगिता हुनेभएको छ ।

सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार बेइजिङमा ३७ औँ बेइजिङ रात्रि वाइडुई कप हुने भएको हो । युवा फुटबल प्रतियोगिताको रुपमा रहेको यस बाइडुई कप आगामी अगस्टको १९ तारिखदेखि शुरु हुने जनाइएको छ ।

कोरोनाभाइरसको त्रासका कारण कतिपय सुरक्षा सतर्कता अपनाउनु पर्ने अवस्था हुँदाहँुदै पनि फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा भाग लिने खेलाडीहरूलाई १५ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागि अनलाइन फाराम भर्ने म्याद यही जुलाई ३१ मा बन्द हुने भएको छ । रासस/एएफपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्