नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी – Janadesh Daily | ePaper

नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी


जनादेश दमौली,

नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् ।

बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काँग्रेसलाई ठूलो क्षति पु¥याउने बताउनुभयो ।

बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्