जनादेश, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
दुई अध्यक्षबीच सहमति नजुटेको भन्दै बैठक स्गथित गरिएको हो । अर्को बैठकको मिती नतोेकी स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुई अध्यक्षको सहमति बिना नै प्रधामन्त्री ओलीले बैठक स्थगित गरेको बताएका छन् । बैठक एकतर्फी स्थगित गरिएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर धने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन् । लामो समयदेखिको पार्टीभित्र चलेको आन्तिरिक विवादका कारण बैठक स्थगित हुँदै आएको छ ।