रविन्द्र मिश्रलाई मिलन पाण्डेको सांकेतिक दनकः जसले भविष्य देखाउन सक्दैन, उसले भूत देख्छ ! – Janadesh Daily | ePaper

रविन्द्र मिश्रलाई मिलन पाण्डेको सांकेतिक दनकः जसले भविष्य देखाउन सक्दैन, उसले भूत देख्छ !


जनादेश सोसल मिडिया वाच ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न राखेको प्रस्तावप्रति आपत्ति जनाइरहेका छन् ।

पाण्डेले विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ रहेको उनले बताएका छन् । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ भएको पनि उनले बताएका छन् ।

मिश्रको हालै सार्वजनिक दस्तावेजविरुद्ध पाण्डेले निरन्त प्रहार गरिरहेका छन्। अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको अवधारणा सार्वजनिक गर्नासाथ विमति जनाएका संयोजक पाण्डेले यसविरुद्ध निरन्तर लेखिरहेका छन्।

यस क्रममा सोमबार बिहानै पनि उनले सामाजिक सञ्जालमार्फत मिश्रको विचारविरुद्ध अर्काे प्रहार गरेका हुन्।

नाम नलिईकन उनले अध्यक्ष मिश्रको विचारलाई ‘भूतको त्रास’को संज्ञा दिएका छन्। आफ्नो पार्टी भूतको त्रासको राजनीति होइन, भविष्यको आशा देखाउने राजनीति गर्ने पार्टी भएको उनको भनाइ छ।

‘नयाँ बिहानी, नयाँ संकल्प : जसले भविष्य देखाउन सक्दैन। उसले विगतको भूत देख्छ। आफू तर्सिन्छ। अरूलाई तर्साउँछ,’ संयोजक पाण्डेले लेखेका छन्, ‘प्रिय साथीहरू, वैकल्पिक राजनीति भूतको त्रासको राजनीति होइन। यो त भविष्यको आशा देखाउने राजनीति हो। यो त सम्भावनाको राजनीति हो।’

यसअघि मिश्रले बहसका लागि भन्दै ४४ पृष्ठ लामो धारणा सार्वजनिक गरेका थिए ।

मिश्रले स्थानीय तहको पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमतसंग्रह गर्न सार्वजनिक रूपमा प्रस्ताव गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्