नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव – Janadesh Daily | ePaper

नेकपा अध्यक्षद्वयलाई वामदेवको ६ बुँदे प्रस्ताव


जनादेश, काठमाडौँ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले दुई अध्यक्ष समक्ष ६ बुँदे प्रस्ताव राखेका छन् । मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतम प्रस्ताव राखेका छन् । प्रस्ताव अनुसार

प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन प्रस्ताव गरिएको छ भने अर्का अध्यक्ष प्रचण्डलाई एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहन आग्रह गरिएको छ । पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने प्रस्तावसँगै प्रधानमन्त्रीका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय लिनुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने जनाइएको छ । ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्री परिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्बैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ’ विज्ञप्तीमा भनिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्