खगेन्द्र संग्रौलाको प्रश्नः विद्या भण्डारीले कृषि फारम चलाउन लागेको हो ? – Janadesh Daily | ePaper

खगेन्द्र संग्रौलाको प्रश्नः विद्या भण्डारीले कृषि फारम चलाउन लागेको हो ?


जनादेश सोसल मिडिया वाच ।

नागरिक आन्दोलनका अगुवा एवं वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले १५ जना पूर्वआईजीपीको प्रहरी एकेडेमी सार्ने ओली सरकारको निर्णय खारेज गर्न गरिएको माग सही भएको तर्क प्रस्तुत गरेका छन्।

लेखक संग्रौलाले प्रहरी एकेडेमी सार्ने ओलीको निर्णय खारेज गरिनु किन ठीक हो भन्ने विषयमा ३ प्रश्न तेर्स्याएका हुन्।
उनका प्रश्न यस्ता छन्ः
१. यत्रोविधि जग्गा राष्ट्रपतिलाई चाहिएको कृषि फारम चलाउन हो?
२. शीतल निवास रापति विद्याको स्थायी निवास हो?
१.यत्रै अर्को संरचनाको निर्माण फजुल खर्च होइन?

बुधबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) लाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न माग गर्दै १५ जना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी)हरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआईजीपीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी एकेडेमी सार्ने निर्णयलाई उल्ट्याउन माग गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्