लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक – Janadesh Daily | ePaper

लाभांश वा बोनस नदिनुः युरोपेली केन्द्रीय बैंक


फ्रान्कफर्ट ।

युरोपेली केन्द्रीय बैंक (इसिबी) ले युरोपेली युनियनका देशमा छरिएका बैंकहरुलाई आगामी जनवरी १, २०२१ सम्म लाभांश वा बोनस वितरण नगर्न आग्रह गरेको छ ।

कोरोनाभाइरस संकटका कारण उत्पन्न हुनसक्ने आर्थिक उतारचढाव थेग्न पर्यात सुरक्षा व्यवस्था गर्न यस्तो आग्रह गरिएको हो ।

इसिबीले यसअघि पनि लाभांश वा बोनस भुक्तानीमा रोक लगाउने अस्थायी निर्णय गरेको थियो । यो निर्णय आगामी अक्टोबर २०२० सम्मका लागि जारी गरिएको थियो ।

इसिबीले मंगलबार जारी गरेको विज्ञप्तिमा कोरोनाकालमा बैंकहरुमा पुगेको नोक्सानीबाट माथि उक्लन तथा मुलुकका अर्थतन्त्रलाई मद्दत गर्न पनि बोनस वा लाभांश बितरण रोक्नु परेको उल्लेख छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्