एमसीसी राष्ट्रिय हित विपरीतः गजुरेल – Janadesh Daily | ePaper

एमसीसी राष्ट्रिय हित विपरीतः गजुरेल


जनादेश संवाददाता,

काठमाडौँ ।नेकपा ९क्रान्तीकारी माओवादी० का नेता सिपी गजुरेलले नेपालमा एमसीसी राष्ट्रिय हित विपरीत आएको र यसले नेपाली जनताको हितमा काम गर्न नसक्ने बताउनुभयो । त्यसैले नेपाली जनताले यसलाई स्वीकार गर्न नसक्ने पनि बताउँनु भयो ।
संसदीय पद्धती र मर्यादामाथि ...
नेता गजुरेलले हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीलगायत मुलुकमा व्याप्त समस्या समाधान गर्न सरकार िक्रयाशिल हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब न्यायलयबाट नै आम मानिसले न्याय पाउने अवस्था रहेन, केही दिन अघि सर्वोच्च अदालतले अपराधीलाई छुटकारा दिने काम गरेको छ, अपराधीलाई कारवाही गर्नुको सट्टा प्रोत्साहन गरिएको छ ।”

संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले दुई तिहाइको वर्तमान सरकारसँग जनताको अति बढी अपेक्षा रहेको बताउँदै सोही अपेक्षाअनुसार प्रक्षत्य लाभ हुने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता गजुरेलले प्रधानमन्त्री ओलीलाई राजीनामा गराएर हिजो सत्ताको नेतृत्व गरिसकेका पुष्पकमल दाहाल, माधव नेपाल वा शेरबहादुर देउवालाई सत्तामा ल्याउन खोज्नु समस्या समाधानको बाटो प्रधानमन्त्रीको राजीनामा नभएको प्रष्ट पार्नुभयो ।

पछिल्लो समय देशमा देखा परेका तमाम समस्याको निकासका लागि आफ्नो पार्टीले मोर्चा बनाएर यही साउन १५ गते काठमाडौँमा आन्दोलन गर्ने कार्यक्रम रहेकोसमेत उहाँले जानकारी दिनुभयो ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्