विमलाको बदनाम गर्न खोज्ने को, भनिन्- साइवर स्याललाई तत्कार कारवाही होस् ! – Janadesh Daily | ePaper

विमलाको बदनाम गर्न खोज्ने को, भनिन्- साइवर स्याललाई तत्कार कारवाही होस् !


जनादेश वाच ।
माओवादीमा लागेका कारण एमालेहरुको निशानामा परिरहेकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली) ले फोटो इडिट गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेत र आफ्नो फोटो इडिट गरेर ‘फसाउन’ खोजेको भन्दै बिमलालले आपत्ति जनाएकी हुन् ।

बिमलाले बुधबार जारी गरेको विज्ञप्तिमा राजनीतिक प्रतिशोध साँधेर फसाउन खोज्ने झुण्डले यस्तो गतिबिधि गरको उल्लेख छ ।

‘हिजो एकाएक सामाजिक सञ्जालमा मेरो फोटोलाई फोटोसपबाट मिलाएर जुन किसिमले चरित्र हत्या गर्ने दुस्प्रयास गरियो यसको म कडाभन्दा कडा निन्दा गर्न चहान्छु’ उनले भनेकी छन्, ‘एकाएक मेरो फोटो जोडेर आउँदा म आफैं आश्चर्यचकित भएकी छु । म यो घटनामा सम्बन्धित छैन र जानकार पनि छैन ।’

विमलाले बस्नेतको गालामा चुम्बन गरेको भन्दै विभिन्न सञ्चार माध्यममा फोटो प्रकाशित गरिएको थियो । उक्त फोटो सामाजिक सन्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

आफ्नो चरित्रमाथि दाग लाग्ने गरी ‘साइबर स्याल’हरुबाट चरित्र हत्याको दुस्प्रयास भएको भन्दै उनले यसमा संलग्नमाथि कारवाहीको माग गरेकी छन् ।

आफूले माओवादी पार्टी रोजेपछि एमालेमै रहन पटक–पटक दबाब दिइएको भएपनि आफू प्रतिबद्ध भएर माओवादी केन्द्रमै रहेपछि यसरी चरित्र हत्या गर्न खोजिएको उनको भनाइ छ । ‘माओवादी केन्द्रं रोजेपछि केही तत्वहरुबाट ममाथि पटक–पटक आक्रमण गर्ने प्रत्यत्न गरिरहेका थिए, मुख्यमन्त्री कार्यालयमा एक हप्ता बन्धक बन्नु पनि त्यसैको उपज थियो । अहिले पनि पटक–पटक मलाई पार्टी परित्याग गर्न दवाब आइरहेको थियो । तर, म आफ्नो पार्टीप्रति प्रतिबद्ध हुँदा मेरो राजनीतिक जीवनलाई धरापमा पार्ने दुस्प्रयास स्वरुप नै मेरो चरित्र हत्या गर्न खोजिएको हो । यसमा कोही पनि भ्रममा नपर्न अनुरोध गर्दछु’ विज्ञप्तिमा उनले लेखेकी छन् ।

वाइसीएल कार्यकर्ता बस्नेतले पनि आफ्नो फेसबुक आइडी कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रम छर्न खोजेको बताएका छन् । ‘मेरो फेसबुक कसैले ह्याक गरेर फोटो इडिट गरी भ्रमको खेती गरिएकोमा दुखित र गम्भीर बनाएको छ’ फेसबुक वालमा बस्नेतले लेखेका छन्, ‘नाताले विमला मेरो दिदी हुनुहुन्छ, राजनीतिक प्रतिशोध साधेर चरित्र हत्या र बद्नाम गर्न खोजिएको छ ।’ बस्नेतले भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

नेकपा एमालेमा रहेकी विमला वली माओवादीमा प्रवेश गरेपछि शंकर पोखरेलको सत्ता ढलेको थियो । त्यसपछि एमाले कार्यकर्ता र एमाले निकट मिडियाले उनलाई निशाना बनाउँदै आएका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्