सङ्क्रमणले मालपोतको सेवा बन्द – Janadesh Daily | ePaper

सङ्क्रमणले मालपोतको सेवा बन्द


वालिङ ।

मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताउनुभयो ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गहौं प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उहाँको भनाइ थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्