काँग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन    – Janadesh Daily | ePaper

काँग्रेसद्वारा ज्येष्ठ राजनीतिज्ञ सभामा ४७९ सदस्य मनोनयन   


काठमाडौँ,

नेपाली काँग्रेसले ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४७९ पार्टीका पुराना नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेको छ ।

जसमा कास्कीका तारानाथ रानाभाटदेखि ओखलढुङ्गाका होमनाथ दाहालसम्मका पुराना राजनीतिकर्मी हुनुहुन्छ । सभापति शेरबहादुर देउवाले आज उहाँहरुलाई मनोनयन गर्नुभएको काँग्रेस मुुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ । सो प्रावधानअनुसार काँग्रेसमा रही लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ । यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमको व्यवस्था छ ।

यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ ।  रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्