कस्तो रहला आजको मौसमः काठमाडौँमा भारी वर्षाको पूर्वानुमान – Janadesh Daily | ePaper

कस्तो रहला आजको मौसमः काठमाडौँमा भारी वर्षाको पूर्वानुमान


जनादेश वेदर अपडेट ।

आज राति काठमाडौँ उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।

महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भदौ २३ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

२०७८ भदौ २४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२०७८ भदौ २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्