विहानैदेखि वर्षाः कस्तो छ आज दिनभरको मौसमी सम्भावना – Janadesh Daily | ePaper

विहानैदेखि वर्षाः कस्तो छ आज दिनभरको मौसमी सम्भावना


जनादेश वेदर अपडेट ।

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।

‘उपत्यकामा भइरहेको वर्षा हल्का किसिमको हो, बीचमा रोकिए पनि अपराह्नतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् प्रधानांगले भने, ‘आज दिनभरजसो नै मौसम गडबड नै रहने देखिन्छ, वर्षा ठूलो त हुँदैन तर हल्कादेखि मध्यसम्मको भइरहन्छ।’

आज हिन्दु नारीहरूको महान् पर्व तीज पनि हो। माैसमविदकाे भनाइअनुसार पर्व मनाउन आज माैसमले साथ नदिने सम्भावना छ।

मौसमविद् प्रधानांगका अनुसार यतिबेला खासगरी प्रदेश १ को तराई क्षेत्रमा अलि बढी वर्षा भइरहेको छ। यसबाहेक देशका अन्य पनि विभिन्न स्थानमा मध्यमसम्म वर्षा भइरहकेाे उनले बताए।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्