मुम्बईको झुपडबस्तीका पचास प्रतिशत मानिसमा देखियो कोरोना संक्रमण – Janadesh Daily | ePaper

मुम्बईको झुपडबस्तीका पचास प्रतिशत मानिसमा देखियो कोरोना संक्रमण


एजेन्सी ।

भारतको मुम्बईमा रहेको सबैभन्दा ठूलो झुपड बस्ती धाराबीमा कोेरोना संक्रमण फैलिएको छ ।

त्यहाँ बस्ने आधाभन्दा बढी मानिसमा कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ । सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड बस्तीमा कोरोना संक्रमणबारे सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा सात हजार मानिसमा सहभागी भएका थिए ।

सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ देखिएको छ । यस्तै, झुपड बस्तीभन्दा बाहिरका १६ प्रतिशत मानिसमा मात्र एन्टीबडी पोजेटिभ देखिएको सर्वेक्षणले जनाएको छ । यही सर्वेक्षणको आभारमा आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरिएको छ ।

अध्ययनमा सहभागी गराइएको शहरको पश्चिम, पूर्वी र मध्यभागका तीन क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ भने समग्र झुपडबस्तीमा करिव एक करोड २५ लाख मानिस बस्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्