मध्य नाइजेरियामा १४ जनाको हत्या – Janadesh Daily | ePaper

मध्य नाइजेरियामा १४ जनाको हत्या


अबुजा ।

बन्दुकधारीको एक समूह (ग्याङ) ले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले बताउनुभयो ।

प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु छ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ । प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताउनुभयो । उहाँले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्