कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी – Janadesh Daily | ePaper

कोभिड–१९ को असरः एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी


पेरिस।

युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब २ अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान बिक्री दुई गुणाले कमी आएपछि कम्पनी घाटामा गएको हो ।

एयरबसले यस वर्षको पहिलो छ महिनामा करिब १२ अर्ब ४० करोड युरो बराबरको सम्पत्ति प्रयोग गरेको पनि जनाएको छ ।

कम्पनीले जारी गरेको वक्तव्यमा कम्पनीले अबलम्बन गरेका नयाँ उपायहरुका कारण यस वर्षको बाँकी छ महिनाको अवधिमा नोक्सानीमा कमी आउने विश्वास लिइएको उल्लेख छ ।

यसैबीच, ऊर्जा क्षेत्रको विशाल कम्पनी रोयल डच शेलको पनि यस वर्षको दोस्रो त्रैमासिक अवधिमा करिब १८ अर्ब डलर खुद नोक्सानी भएको कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष कर भुक्तानीपछि करिब ३ अर्ब डलर नाफा कमाएको शेलले कोरोनाभाइरसका कारण तेलको मूल्यमा आएका उतारचढाबपछि ठूलो नोक्सानी भएको कम्पनीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्