‘पाँच वर्षसम्म ओली नेतृत्वकै सरकार कायम रहनुपर्छ ‘ : मन्त्री भट्ट – Janadesh Daily | ePaper

‘पाँच वर्षसम्म ओली नेतृत्वकै सरकार कायम रहनुपर्छ ‘ : मन्त्री भट्ट


जनादेश, काठमाडौं ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री ओलीको विकल्प कोही पनि नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले ५ वर्षसम्म केपी शर्मा ओली नेतृत्वकै सरकार कायम रहनुपर्ने बताए । ‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ’ भट्टले भने । सरकार ढाल्ने बाटोमा लाग्दा देश अस्थिरतातर्फ जाने भएकाले दुई अध्यक्ष मिलेर अगाडि बढ्नुपर्ने उनले जनाए ।

बाढीपहिरोका कारण आपूर्ति प्रभावित भएकालेतरकारीको मूल्य समेत महंगो भएको बताउदै भने ‘मागका अनुपातमा आन्तरिक उत्पादन कम भएकोले थोरै अवरोध हुनासाथ मूल्य बढ्ने गरेको छ,’ उनले भने, ‘यस विषयमा मन्त्रालयले सम्बन्धित निकायमा आवश्यक निर्देशन दिइसकेको छ, तत्कालै मूल्य नियन्त्रण हुन्छ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्