जलवायु परिवर्तनको असरबारे शोधकर्ताले पाए भौतिक शास्त्रको नोबेल पुरस्कार – Janadesh Daily | ePaper

जलवायु परिवर्तनको असरबारे शोधकर्ताले पाए भौतिक शास्त्रको नोबेल पुरस्कार


जनादेश, काठमाडौं ।

यो वर्षको भौतिक शास्त्रको नोबेल पुरस्कार जापान, इटली र जर्मनीका तीन वैज्ञानिकलाई संयुक्तरुपमा दिने घोषणा गरिएको छ ।

विश्वव्यापी समस्या बनिरहेको जलवायू परिवर्तन सम्बन्धी अन्वेषण गरेवापत रोयल स्वीडिस एकाडेमी अफ साइन्सले जापानका स्युकुरो मनाबे, जर्मनीका क्लेस हसलमेन र इटलीका जर्जियो परिसीलाई दिने निर्णय गरेको हो ।

पुरस्कारको आधा हिस्सा जलवायुको भौतिक मोडेलिङ, परिवर्तनशीलताको परिमाण र विश्वव्यापी तापक्रमको भविष्यवाणीमा विश्वसनियता सम्बन्धी अध्ययनका लागि स्युकुरो र हसलमेनलाई र इटलीका परिसीलाई दिने घोषणा गरिएको छ ।

गत वर्ष उक्त पुरस्कार बेलायत, जर्मनी र अमेरिकी खगोलशास्त्रीलाइ संयुक्तरुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो । आकाशगंगाको केन्द्रमा रहेको अत्याधिक सघन खगोलीय पिण्ड आविष्कार र ब्ल्याक होललाई आइन्सटाइनको सापेक्षतावादको सिद्धातको प्रमाण भनेर स्थापित गरेवापत् उक्त पुरस्कार दिइएको हो ।

नोबेल पुरस्कारको सय बर्षको इतिहासमा भौतिक शास्त्रतर्फ २ सय १५ जनालाई प्रदान गरिसकेको छ । यस्तै आइतबार यस वर्ष चिकित्साविज्ञानतर्फ अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनलाइ पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

उनीहरुले घामको वा माया गर्ने मानिसको अँगालोको न्यानोपना हाम्रो शरीरले कसरी महसुस गर्छ भनेर पत्ता लगाएवापत नोबेल पुरस्कार दिने निर्णय नोबेल कमिटीले गरेको हो ।

भोलि बुधवार रसायनतर्फको पुरस्कार घोषणा हुदै छ भने त्यसपछि क्रमशः शान्ति साहित्य लगायत अन्य विधाको पुरस्कार घोषणा हुने छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्