रसानय शास्त्रतर्फको नोबेल पुरस्कार मोलिक्युल निर्माणको नयाँ तरिका विकास गरेका २ वैज्ञानिकलाई – Janadesh Daily | ePaper

रसानय शास्त्रतर्फको नोबेल पुरस्कार मोलिक्युल निर्माणको नयाँ तरिका विकास गरेका २ वैज्ञानिकलाई


जनादेश, काठमाडौं ।

यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मन वैज्ञानिक वेन्यामिन लिष्ट र अमेरिकी वैज्ञानिक डेविड डब्लु सी म्याकमिलनलाई संयुक्तरुपमा दिने घोषणा गरिएको छ ।

रोयल स्वीडिस एकाडेमी अफ साइन्सका महासचिब गोरन हन्सनले मोलिक्युल निर्माणका लागि नयाँ तरिका विकास गरेवापत दुइ वैज्ञानिकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको जानकारी दिएका छन् । वैज्ञानिकको नयाँ अनुसन्धानले औषधी र रसायन विज्ञानमा ठुलो प्रभाव पार्ने बताइएको छ ।

११ लाख डलर राशीको सो पुरस्कार गत वर्ष फ्रान्सका अनुसन्धानकर्ता इम्यानुअल चारपेन्टियर र अमेरिकी प्रोफेसर जेनिफर डोउडनालाई प्रदान गरिएको थियो ।

जीन एडिटिङको तरिका विकासका लागि पुरस्कार दिइएको थियो । सन् १९ सय १ मा नोबेल पुरस्कार दिन थाले यता १ सय १२ जनाले रसायनशास्त्र तर्फको पुरस्कार प्राप्त गरिसकेका छन् ।

जसमा ७ जना महिला र १ जनाले दुइ पटक उक्त पुरस्कार पाइसकेका छन् । यस्तै आइतबार चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय डेभिड जुलियस र आर्डेम पटापौटियनलाइ प्रदान गर्ने निर्णय भएको छ । उनीहरुले शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियाबारे अध्ययन गरेबापत उक्त पुरस्कार दिने घोषणा गरिएको हो ।

सोमबार भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिक स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीलाई दिने घोषणा गरिएको छ । शान्ति, साहित्य लगायत अन्य विधाको पुरस्कार घोषणा हुन बाँकी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्