खगेन्द्र संग्रौंलालाई चल्यो झोंकः सत्ता गठबन्धन र सञ्चारमाध्यम प्रति व्यङ्ग्य कविता – Janadesh Daily | ePaper

खगेन्द्र संग्रौंलालाई चल्यो झोंकः सत्ता गठबन्धन र सञ्चारमाध्यम प्रति व्यङ्ग्य कविता


जनादेश सोसल मिडिया वाच ।

नागरिक अभियन्तासमेत रहेका वरिष्ठ लेखक खगेन्द्र संग्रौलाले गठबन्धन दलले तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको विषयमा कवितात्मक शैलीका कटाक्ष गरेका छन्।

उनले गठबन्धनलाई गुटगत र व्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाउँदै सरकारको नेतृत्व गरेको तीन महिनापछि बल मन्त्रिपरिषद् विस्तार गर्नु लाजको पसारो भएको टिप्पणी गरेका हुन्। र, यस्तो पत्रु समाचारलाई बिनाटिप्पणी प्रकाशन गर्ने सञ्चारमाध्यम अर्काे लाजको पात्र भएको उनको कटाक्ष छ। जसलाई उनले कवितातक शैलीमा लेखेका छन्।

शुक्रबार बिहानै उनले लेखेका कटाक्षपूर्ण पंक्ति यस्ता छन्–

चुत्थो गुटस्वार्थ र व्यक्तिस्वार्थको जन्जालमा अल्झिएको गठबन्धनद्वारा तीन महिनापछि मन्त्रपरिषद् विस्तार लाजको पसारो!

थोत्रिएर, खिया लागेर पत्रु भएको यो समाचार बिनाटिप्पणी छाप्ने मिडियाको चरित्र अर्को लाजको पसारो!

अहो! जस्तो गठबन्धन उस्तै मिडिया भन्न मलाई कति गाह्रो!

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्