बेलायतमा छुरा प्रहार गरी एक सांसदको हत्या, आतंकबादी आक्रमण भएको अनुमान – Janadesh Daily | ePaper

बेलायतमा छुरा प्रहार गरी एक सांसदको हत्या, आतंकबादी आक्रमण भएको अनुमान


बेलायतमा एक सांसदको हत्या भएको छ । पूर्वी इंगल्याण्डमा सांसद डेभिड एम्सको छुरा प्रहारबाट हत्या भएको हो । वेलफेयर मेथोडिस्ट चर्चमा स्थानीयहरुसँग छलफलमा रहेको बेला उनीमाथि छुरा प्रहार भएको थियो ।

कन्जरभेटिभ सांसद डेभिड एम्स हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार आफ्ना मतदातासँग नियमित अन्तर्क्रिया गर्दथे । सोही अन्तर्क्रियाको क्रममा रहेका बेला उनीमाथि योजनाबद्ध आक्रमण भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक जना २५ वर्षीय युवकलाई पक्राउ गरेको छ । सरकारले यो घटनालाई ‘आतंककारी’को संज्ञा दिएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आतंकवादविरुद्ध एकजुट हुनुपर्ने बेला आएको बताउँदै हत्यामा संलग्न व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेलायतमा सन् २०१६ मा पनि लेबर पार्टीका एक सांसद जो कोक्सको गोली हानेर हत्या गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्