भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत – Janadesh Daily | ePaper

भारतमा कोरोनाका सक्रिय सङ्क्रमित ०.५६ प्रतिशत


नयाँ दिल्ली ।

पछिल्लो एक दिनमा भारतमा १९ हजार ५८२ जना कोरोना भाइरसका सङ्क्रमित यस रोगबाट मुक्त भएका परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमित कूल सङ्क्रमित ०।५६ प्रतिशत मात्र रहेको सोमबार प्राप्त समाचारमा जनाइएको छ ।

मन्त्रालयले सोमबार दिएको समाचारअनुसार हाल कोरोनाबाट निको भएकाहरु कूल कोरोना सङ्क्रमितको ९८।१२ प्रतिशत रहेको छ । यसैसँगै भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड ३४ लाख ३९ हजार ३३१ पुगेको सो मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो एक दिनमा १३ हजार ५९६ जना थप व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ८० हजार भन्दा बढी पुगेका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने १ लाख ८९ हजार पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२१ दिन यताको सव भन्दा कम भएको समाचारमा जनाइएको छ ।

यसैसँगै भारतमा कोरोना शुरु भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार ९३१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्