मोहन वैद्य अस्पतालबाट डिस्चार्ज – Janadesh Daily | ePaper

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज


जनादेश, काठमाडौँ । दम बढेपछि अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य डिस्चार्ज भएका छन् । वैद्यको पारिवारिक स्रोतका अनुसार उनलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको हो ।

‘स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । दम कम भएको छ । अब घरमै आराम गर्नु भनेर चिकित्सकले सुझाव दिनुभएको छ,’ वैद्यको परिवारका व्यक्तिले भने ।

दम बढेसँगै वैद्य असोज ३१ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा वैद्यलाई उपराष्ट्रपति नन्दकिशोर पुन, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा लगायतले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए । वैद्यलाई लामो समयदेखि दमको समस्या छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्